डिलासैनी वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पन्त

बैतडीको डिलासैनी गाउँपालिकामा एमाले भित्रका धेरै नेता कार्यकताहरुले बिद्रोह गर्न सुरु गरेका छन् । उसो त एमाले केन्द्रबाट नै बिद्रोह गर्दै माधब नेपालको अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी करिब आठ महिना पहिला नै गठन भएको छ । तर केही अन्य कारणले मुल घर भित्र नै संघर्ष गर्ने भनि बसेका नेता कार्कता अहिले बिद्रोह गर्न सुरु गरेका छन् ।

डिलासैनीमा गाउँपालिका अध्यक्षमा आफ्नौ नाम सिफारिस नगरेको भन्दै सन्तोष प्रकाश जोशीले गाउँपालिका जनताको माग अनुसार भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरे संगै वडा नम्बर ४ मा पनि वडा तहका नेता कार्यकता ले सहमति दिए पनि जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालको निर्देशनमा मेरो नाम सिफारिस नगरेको भन्दै २०७४ सालको निर्वाचनमा सदस्यमा बिजय भएका पछि वडा अध्यक्षको निधन पछि कार्यबाहक अध्यक्ष समालि रहेका हरि दत्त पन्तले अब हुने बैशाख ३० गतेको निर्बाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । वडाका जनताको सुझाव मान्दै आउने निर्वाचनमा मेरो स्वतन्त्र उम्मेदवारी हुन्छ मलाई जनताले साथ दिने छन्, दिन्छु भनेका छन् त्यस कारण म स्वतन्त्र उम्मेदवारी दिए छु । अब दुई तीन दिनमा नै वडा भेला बोलाएर उम्मेदवारी घोषणा गर्ने पन्तले बताएका छन् ।

पन्त वडा बासिन्दासँग नजिक भएका र गाउँपालीकाको कार्यालय वडा नम्बर ७ धामीगाउँमा हुनुपर्छ भन्दै संघर्ष गरेका ब्यक्ति पनि हुनु तर जिल्ला अध्यक्ष पाल ले गाउँपालीका को कार्यालय धामीगाउँमा राख्ने हुदैन भने पक्षमा थिए यस बिषयमा चुप बस्न पनि पालले पन्त लाई भनेको र पन्तले नमाने पछि उनिहरु बिच्च टक्राब परेको र त्यसैको बदला पालले टिकट दिदाँ लिन खोज्यको र आफ्ना आसेपासे लाई दिएको पाल माथि आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्