कञ्चनपुरको भीमदत्त नगरपालिकाले ५ बर्षको अवधिमा गरेका प्रमुख उपलब्धिहरु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको छ । २०७४ साल असार १४ गते निर्वाचित भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट नेतृत्वको जनप्रतिनिधीले गरेका कामकाज सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधारतर्फ १९ वडा रहेको भीमदत्त नगरपालिकामा १४ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भइ संचालनमा रहेका छन भने ५ वटा वडा कार्यालय भवनहरु निर्माणाधिन रहेको छ भने नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्य अगाडी बढाइएको छ । यसैगरी प्राविधिक शाखा भवन १, नगर सभाहल १ र ग्यारेज १ निर्माण गरिएको छ । सडकतर्फ कुल ४८।६२४ कि।मि। नयाँ कालोपत्रे सडक निर्माण भएको छ भने ५४०६८ वर्ग मिटर कालोपत्रे सडक मर्मत गरिएको छ ।
कुल २४७.९ किमि ग्राभेल, १६.९८ किमि नयाँ सडक र ४.८३ किमि पदमार्ग निर्माण गरिएको छ भने नयाँ बाटो झण्डै १८ किमि र पुरानो बाटो ४७ किमि गरी जम्मा ६६ किमि ट्रयाक खोल्ने कार्य भएको बताइएको छ । यस्तै विष्णु मन्दिर देखि राई ढुङ्गा सम्म करिव ८ किमि ट्रयाक खोलि सडक निर्माण भएको छ भने ९८ वटा कल्भर्ट,११९६ ह्युमपाइप, ५.१ किमि नाली निर्माण गरिएको छ ।
यस्तै सौर्य सडक वत्ती १७२ वटा जडान भएको छन भने ट्रान्सफर्मर २१ वटा जडान गरिएको छ । भीमदत्त नगरपालिका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण सँगको संयुक्त लगानीमा २०८ वटा सिचाई वोरिङ जडान गरिएको छ पत्रकार सम्मेलनमा बताइएको छ । यस्तै ३ वटा नयाँ सामुदायिक भवन निर्माण तथा ४०९७ थान तारजाली लगाइएको छ । नगर क्षेत्र भित्रका ८४ वटा मन्दिरहरुमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण एवं मर्मत संभार गर्नुका साथै २ वटा गौशाला निर्माण, ११ वटा चौतारा निर्माण, ११ वटा पार्क, २९ किमि। धार्मिक पर्यटन मार्ग मध्ये २ दशमलव ५ किमि मा कालोपत्रे भइरहेको र बाँकि क्षेत्रमा निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत सडक डिभिजन कार्यालय कंचनपुरको सहकार्यमा ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको समेत पत्रकार सम्मेलनमा प्रष्ट पार्नुभयो ।
८३ किमि लामो बाह्य चक्रपथ ट्रयाक खोल्ने, ग्राभेलिङ्ग गर्ने र कालोपत्रे गर्ने कार्य भएको , वडा नं १० बाट प्रारम्भ भएको भित्री चक्र पथको निर्माण कार्य १ किमि अन्तिम चरणमा रहेको र बाँकि सडक खण्ड निर्माणका लागि ठेक्का सम्झौता भइ सकेको , निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण कार्य अन्तर्गत भीनपा द्वारा ट्रयाक खोलि ग्राभेलिङ्गको कार्य सम्पन्न भइ सडक डिभिजन कार्यालय मार्फत ५।०७५ कि।मि। शुक्लाफाटा पर्यटन मार्ग कालोपत्रे गरिएको, जिल्ला र नगरलाई हवाई सेवाद्वारा जोड्न पर्यटक भित्र्याउन बिगत लामो समय देखि लामो रहेको मझगाउँ विमानस्थललाई नेपाल सरकार, प्रदेश सरकार,भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सहलगानीमा एयरपोर्टको निर्माण कार्य भइरहेको समेत नगरपालिकाले जनाएको छ ।
भीनपा १० देखि ब्रह्मदेव सम्मको महाकाली कोरिडोर क्षेत्रको ट्रयाक खोल्ने कार्यका साथै सो कोरिडोर निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिका लागि आवश्यक पहल गरिएको, विगत लामो समयदेखि विद्युत, संचार, खानेपानी, सडक तथा यातायातको पहुँचबाट बञ्चित रहेको खल्ला मुसेट्ठि र टुडिखेलक्षेत्रमा सुविधा पुर्‍याइएको, सबै वडाका मुल सडकहरु कालो पत्रे र सडकहरुको नामाकरण गरिएको, क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत मुख्य बजार क्षेत्र सहित अन्य क्षेत्रमा आधुनिक सडक निर्माण कार्य चलिरहेको ९१४ किमि सडक र २२ किमि नालि निर्माण, संघीय आयोजना कार्यान्वयन इकाई धनगढी, कैलालीद्वारा कार्यान्वयन हुने सघन सहरी विकास आयोजना अन्तर्गत भीमदत्त नगरपालिका क्षेत्र भित्र सडक कालोपत्रे गर्ने कार्य यस नगरपालिकाको समन्वयमा ५६ किमि सडक , ६ किमि नालि, ४ वटा कलभर्ट र १ वटा पुल निर्माण गरिएको , भीनपा ४ स्थित आधुनिक बसपार्क निर्माण गरिएको ।
नगर विकास कोषको ऋण सहयोगमा तीन वटा खानेपानी तथा सरसफाई आयोजना सञ्चालन, आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोषबाट खानेपानी आयोजना निर्माणका लागि उपलब्ध हुने ऋण सम्झौतामा ऋण जमानी बसि ४ वटा खानेपानी योजनाहरु सञ्चालन भएको बताइएको छ ।
भीनपा ४ स्थित प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा आधुनिक एकीकृत कृषि बजार निर्माण कार्य भइरहेको, भीनपा ४ स्थित एकीकृत ठेला बजार निर्माण कार्य अन्तिम चरणमा रहेको, भीनपा ४ स्थित सार्वजनिक निजि साझेदारीमा बहुव्यवसायिक कञ्चन मल निर्माणका लागि डिपिआर निर्माण भइ सार्वजनिक निजि साझेदारीका माध्यमबाट लगानी गर्न इच्छुक व्यक्ति , संघसंस्थाहरुका लागि सार्वजनिक सूचना आव्हान गरिएको, भीनपा ४ स्थित कोसेली घर निर्माण कार्यको ठेक्का बन्दोबस्ती भएको, भीनपा १८ स्थित इकोपार्क निर्माण तथा इकोपार्कमा खुला व्यायामशाला निर्माण, भीनपा ९ मा रहेका लोपोन्मुख राउटे जातीका लागि ४ वटा आवास निर्माण गरिएको बताइएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र नगरपालिकाको संयुक्त लगानीमा विपन्न नागरिकहरुका लागि ३० वटा शौंचालय सहित आवास गृह निर्माण गरिएको, तराई मधेश समृद्धि कार्यक्रम र नगरपालिकाको संयुक्त लगानीमा विपन्न नागरिकहरुका लागि ५ वटा आवास निर्माण भइरहेको र यसै कार्यक्रम अन्तर्गत दलित समुदायका लागि जुत्ता सिलाइ तालिम तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
भीमदत्त १९ मा रहेको मुक्त हलिया बस्तीमा सडक एवं नालि र वडा नं १ मा रहेको बस्तीमा खानेपानी ट्याङ्की निर्माण गरिएको, सघन सहरी विकास कार्यक्रम अन्तर्गत महाकाली नदी किनारमा दाह संस्कार स्थल ९अन्तेष्टीघाट० निर्माण कार्य सम्पन्न भइ संचालनमा ल्याउने तयारी रहेको, भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा महाकाली झोलुङ्गे पुलमा सौर्यबत्ति जडान तथा मर्मत सम्भार गरिएको, भीमदत्त नगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियान अन्तर्गत बजारका मुख्य चोकमा स्मार्ट लाइट र क्याम्पस रोडमा सौर्य सडक बत्ती जडान गर्ने कार्य अन्तिम चरणमा रहेको समेत पत्रकार सम्मेलनमा बताएको छ ।

स्मार्ट शहरी पार्क एवं सौन्दर्यीकरणअन्र्तगत शहिद पार्क, भीमदत्त पार्क, शहरी पार्किङ्ग, बबसपार्क क्षेत्र, खुलामञ्च, नगर पुस्तकालय, ईको पार्क रहेका छन् । यसैगरी स्मार्ट शहरी सडकभित्र रेडक्रस सडक, कभर्ड हल सडक, सब्जिमण्डी–राजमार्ग सडक, एयरपोर्ट–ऐरीघाट सडक, आकाशे पुल, सब्जीमण्डी नाला सुधार रहेका छन् । यस्तै नदि किनार सौन्दर्यीकरण तथा विकास अन्र्तगत स्मार्ट शौचालय, स्र्माट लाईट र डिजिटल साईनेज तथा सुचना बोर्ड रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
भीमदत्त नगरपालिकाको प्रतिबद्धता अनुरुप एसियालि विकास बैंकको सहयोगमा भीनपा ४ मा निर्माण हुने बहुउपयोगी भवनको ठेक्का सम्झौता प्रक्रियामा रहेको, नेपाल नगरपालिका संघको सम्झौता अनुसार नगर क्षेत्र भित्रको दिसा जन्य लेदो व्यवस्थापन कार्यको विस्तृत परियोजना प्रतिवेदन तयार भएको, नेपाल पत्रकार महासंघको भवन निर्माण, गैसस महासंघको भवन निर्माण, जिल्ला प्रहरी कार्यालय कंचनपुरको पर्खाल निर्माण, वडा प्रहरी कार्यालय कंचनपुर को पर्खाल निर्माण, इलाका प्रहरी कार्यालयको गड्डाचौकीको पर्खाल एवं शौंचालय निर्माण, नगरपालिका र ग्रीन जोन इको प्रालिको साझेदारीमा बीउ स्रोत केन्द्र भवन निर्माण, नगरपालिका, प्रधानमन्त्री कृषि आधुनीकीकरण र निङ्गलाशैनी बहुउद्धेश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा बीउ स्रोत केन्द्र भवन निर्माण रहेका छन् । यस्तै सुर्योदय बहुउद्धेश्यीय सहकारी संस्था र भीमदत्त नगरपालिकाको साझेदारीमा स्रोत केन्द्र भवन निर्माण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र नगरपालिकाको संयुक्त लगानीमा शुक्लाफाँटा प्राङ्गारिक मल उद्योग भवन निर्माण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत कृषि उपज तथा प्रशोधन केन्द्र भवन निर्माण, कंचनपुर उद्योग वाणिज्य संघको सभा हल मर्मत संभारका लागि सहयोग प्रदान, नमुना सडक तथा सडक सौन्दर्यीकरणका लागि सिद्धनाथ विज्ञान क्याम्पस मार्गमा रोड साइड गार्डनिङ्ग गरिएको छ भने भीनपा १८ मा रहेको नेपाल सरकारद्वारा निर्मित होल्डिङ्ग सेन्टर हजार शैया क्षमता भएको निर्माणका लागि आवश्यक सहजिकरण र जग्गा उपलब्ध गरिएको प्रष्ट पारेको छ ।

शिक्षा क्षेत्रतर्फ महाकाली बहुप्राविधिक शिक्षालयको स्थापना भइ संचालनमा आएको छ । हाल डिप्लोमा इन फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी संकायमा कक्षाहरु संचालन भइ ७० जना विद्यार्थीहरु अध्ययनरत रहेको तथा स्थानीय विषयको आधारभूत तह कक्षा १देखि ८ को स्थानीय पाठ्यक्रम तयार गरि लागू गरीएको छ ।
कक्षा ६ देखि १० सम्मका ६००० विद्यार्थीहरुलाई शिक्षण सिकाइ सहजिकरणका लागि समायोजित पाठ्यपुस्तक तयार गरी वितरण गरिएको छ भने उच्चस्तरीय शैक्षिक सुधार कार्यदलले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षासँग सम्बन्धित विविध पक्षको उपयुक्त विधि तथा सामग्रीको प्रयोग गरी विद्यालय तहसम्मको शिक्षा सुधारका निमित्त अल्प तथा दीर्घकालीन मार्गचित्रसहितको राय सुझाव प्रतिवेदन पेश गरेकोछ ।
सामुदायिक विद्यायमा कक्षा १ मा भर्नादर वृद्धि गर्न प्रति विद्यार्थि रु ५०० प्रोत्साहन स्वरुप रकम विनियोजन गरिएको , आइसिटी सुविधा १५ वटा विद्यालयमा, विज्ञान प्रयोगशाला ११ वटा, पुस्तकालय १३ वटा विद्यालयमा, २ कोठे भवन १२ वटा विद्यालयमा, शौँचालय १५ वटा विद्यालयमा, चार कोठे भवन ९ वटा विद्यालयमा, ६ कोठे भवन २ वटा विद्यालयमा, करिव ५०९ जना शिक्षकको तहगत दरबन्दी मिलान सम्पन्न गरिएको छ । यस नगर क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा इ–हाजिरीको व्यवस्था गरिएको, २४ वटा माध्यमिक विद्यालयहरुमा इन्टरनेट जडान गरिएको, सम्पूर्ण विद्यालयहरुको तथ्यांक व्यवस्थापन सफ्टवेरय प्रणालीबाट आईएमआईएस गरिएको र आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को परीक्षा नतीजा पनि सोही सफ्टवेयरबाट प्रकाशन हुने समेत नगरपालिकाले जनाएको छ । यस्तै बालविकास शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुको तलबमान वृद्धि गरिएको, सामुदायिक विद्यालयका ११६० विद्यार्थिहरुलाई झोला वितरण गरिएको, पूर्ण साक्षरता नगर अभियान अन्तर्गत पूर्ण साक्षर नगर घोषणाको लक्ष हासिल अन्तिम चरणमा रहेको, सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई स्यानेटरी प्याड निःशुल्क वितरण भइरहेको, दिवा खाजा कार्यक्रम संचालनमा रहेको, १०० दिने योग शिवीर संचालन गरिएको, कोभिड १९ को समयमा रेडियो एफ एमका माध्यमबाट कक्षा ४ देखि १० सम्म शिक्षण गरिएको समेत प्रष्ट पारेको छ ।
यस्तै राष्ट्रिय म्याराथन धावक बैकुण्ड मानन्धरको सहभागितमा धार्मिक पर्यटकीय मार्गमा पहिलो हाफ म्याराथन दौड सम्पन्न गरिएको, मेयरकप, राष्ट्रपति रनिङ्ग शिल्ड, म्याराथन दौड तथा विभिन्न प्रदेश तथा राष्ट्रिय प्रतिस्पर्धा खेलहरु सम्पन्न भएका छन । खेलकुदको विकासका निम्ति विभिन्न कल्बहरुलाई खेलकुद सामग्री वितरण समेत गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको देखिन्छ । ११ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन र ३ वटा बर्थिङ्ग सेन्टर नयाँ निर्माण गरीएको र नगरपालिकाले २१ वटा स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । २ वटा एम्बुलेन्स र एक वटा शववाहन संचालन, २१ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क स्थास्थ्य सेवा प्रदान गरिएको र अन्य शिविरहरु समेत समयसमयमा सञ्चालन हुदै आइरहेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
महाकाली प्रादेशिक अस्पताललाई अक्सिजन ग्यास खरिदका लागि रु २४ लाख र विशेषज्ञ चिकित्सक सेवाका लागि १०लाख आर्थिक सहयोग गरिएको, हाल सम्म ४०२१२१ जनाले नगरपालिकाको सबै स्वास्थ्य संस्थाबाट निस्शुल्क सेवा लिएका छन । हाल सम्म ६०७ जनाले विशेषज्ञ स्वास्थ्य सेवा, ३९९ जना जेष्ठ नागरिकहरुको निस्शुल्क आँखा जाँच, १०० जनालाई निशुल्क चस्मा र ४८ जनाको निस्शुल्क मोतिबिन्दु अपरेशन गरिएको छ ।

एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत ३४ जनालाई कुखुरा पालन, २८ जनालाई बाख्रा पालन, ५ जनालाई तरकारी खेती, ३ जनालाई कागती खेती, एक जनालाई ड्रागन खेती, २ जनालाई मेवा खेतीका लागि अनुदान दिइएको छ । यस्तै मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत २५० जनालाई उद्यमशीलता तालिम प्रदान गरिएको छ । मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत १४ जना सहुुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान प्रदान र कार्यक्रमको निरन्तरता, कोभिड १९ प्रभावीत तथा रोजगार गुमाएका लाई आर्थिक सामाजिक पूनःलाभ कार्यक्रम मार्फत ४०० परिवारलाई कृषि, पशुपालन र उद्यममा सहयोग, साना किसान तरकारी व्यवसायिका लागि १०० भन्दा बढी टनेल निर्माण, सहकारी तथा निजी क्षेत्रलाई बीउ बीजन उत्पादन र भण्डारणमा सहयोग, लागत साजेदारीमा भैसी पालन कार्यक्रम, १६८ वटा टोल विकास संस्थाहरु गठन गरिएको र नगरपालिकाको आफ्नै नर्सरी मार्फत २ लाख फलफुल तथा तरकारीका विरुवा उत्पादन गरी ३५ हजार घरधुरीलाई वितरण गरीएको बताइएको छ ।
माछा मासुमा आत्मनिर्भर हुन १।२ हेक्टर जलाशययुक्त पोखरी र २४ वटा बायोफ्लक टंकि मार्फत बायोफ्लक प्रविधि प्रयोग गरिएको, स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउन पशुबधशाला निर्माण गरिएको र १० जना लाई मासु पसल सुधार कार्यक्रम अन्तर्गत अनुदान दिइएको, दुग्धजन्य पदार्थको बजारीकरणका लागि डेरीहरुलाई सहयोग अनुदान, २१ जनालाई भकारो सुधार , ८ समूहलाई साना सिँचाइ, १७ वटा च्याउ ट्रष्ट निर्माण, एउटा प्राङ्गारिक मल उद्योग, ३४ जना समूहलाई मेसिनरी तथा कृषि ‍औजार वितरण तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हालसम्म जम्मा १८३८ जनालाई ‌औसतमा २४ दिन बराबरको रोजगारिको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नर्सरी स्थापना र सडक पेटी वृक्षारोपण, एक सामुदायिक वन एक पोखरी निर्माण गरिएको, फोहरमैला व्यवथापनका लागि हरित पूनःस्थापना कार्यक्रम मार्फत फोहरलाई स्रोतमै छुट्याउने र कम गर्ने कार्यको थालनी तथा युनडिपी सँगको सहकार्यमा पीजीआरपी कार्यक्रम अन्तर्गत भीमदत्त नपाका विभिन्न वडाका १००० घरधुरिलाई कम्पोस्ट पल निर्माण सम्बन्धी तालिम र कम्पोस्ट बिन वितरण गरिएको छ ।
२६१ कृषकहरुलाई कुहिने फोहोरबाट गड्यौला मल प्रविधिमार्फत जैविक मल र जैविक उत्पादनमा जोडिएको, ४२ जना युवाहरुलाई फोहोर छुट्याउने सम्बन्धी तालिम दिइ परिचालन गरिएको, भृकुटि मावि र जनसेवा मावि हल्दुखालमा वायु प्रदुषण मापन यन्त्र जडान गरिएको, निड्ससँगको सहकार्य र युएनडिपीको सहयोगमा भीनपा १ मा कम्पोस्ट प्लान्ट निर्माणका लागि सम्झौता भएको छ ।
ड्ड एडिबीको सहयोगमा एकीकृत फोहोरमैला व्यवस्थापनका केन्द्र निर्माणका लागि करिव ५०० जना सरोकारवालाहरुलाई नेपालगञ्जमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रको अवलोकन भ्रमण गराइयो । भीमदत्त नगरपालिकाको अथक प्रयासका बावजुत पनि सो कार्य सफल हुन सकेन ।
ड्ड भीनपा १८ मा वास्ट रिकोभरी सेन्टर निर्माणका लागि सम्झौता हुने तयारी रहेको, ग्रिन सिटी क्लिन सिटी बनाउन सरसफाई अभियान संचालन, विपद् व्यवस्थापन कोष निर्माण र आवश्यक नीति नियम तयार विपद्का समयमा प्रतिकार्य, राहत सहयोग तथा हाल सम्म ३२ प्रजातिका २४३९३७ बिरुवा उत्पादन गरी वितरण गरिएको बताइएको छ ।
१३० ‍औँ पटक साप्ताहिक रुपले निरन्तर वृहत् सरसफाइ अभियान संचालन गरिएको, नमुना बायोग्यास प्लान्ट निर्माण गरी १५ देखि २० घनमिटर प्रति दिन ग्यास उत्पादन गर्ने गरी परीक्षण गरिएको, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाको साझेदारीमा विभिन्न वडामा ९२ वटा गोबर ग्यास प्लान्ट निर्माण गरिएको, जलवायु परिवर्तनका असर बारे जानकारी गराउन कंचनपुर पालिका सम्मेलन २०७८ सम्पन्न गरीएको, नेपाल सरकार वातावरण विभागको सहयोगमा वायु प्रदुषण मापन यन्त्र जडान गरिएको, वडा नं. १९ को चौधर नदी किनारमा ५०० मिटर जैविक तटबन्ध निर्माण गरिएको, मुख्य तथा शाखा सडक र सार्वजनिक स्थानहरुमा हरियाली प्रवद्र्धन तथा ग्रीन बेल्ट निर्माण गर्न ट्रीगार्ड सहित ४५०० विरुवा वृक्षारोपण गरिएको समेत नगरपालिकाले जनाएको छ ।

२५ वर्षे रणनीतिक योजना निर्माण, ११० वटा विभिन्न कानुनहरु निर्माण, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७७/७८ मा कार्यसम्पादनमा देशकै उत्कृष्ट नगरपालिका घोषित, नेपाल नगरपालिका संघको २५ औं वार्षिकोत्सवमा सुदूरपश्चिममा उत्कृष्ट नगरपालिका पुरस्कार –२०७४ बाट सम्मानित, आ.व. २०७७/७८ मा नगर विकास कोषको ३३ औं वार्षिकोत्सवको उपलक्ष्यमा उत्कृष्ट नगरपालिका घोषित तथा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कंचनपुरकै उत्कृष्ट पालिकाको रुपमा रहेको पाइएको छ ।
शहरी योजना आयोग गठन र क्रियाशील, प्रत्येक वडा कार्यालयमा इमेल इन्टरनेट सुविधा, राजस्व भुक्तानीमा इ–पेमेन्ट प्रणाली लागु गरिएको, कार्यालय र विद्यालयमा ई हाजिरी व्यवस्था, बजार क्षेत्रमा सिसि क्यामेरा जडान, आ.व २०७६÷७७ देखि नगरपालिकाको स्थापना दिवस मनाउने कार्यको थालनी र सो अवसरमा विभिन्न १४ विधामा पुरस्कार वितरण, मेलमिलाप केन्द्र र सेफ हाउस संचालन, न्यायीक समिति सक्रिय रहेको, विद्युतीय नगर प्रोफाइल तयार गरिएको, वेभसाइट र आधिकारिक सामाजिक संजाल पेजहरुबाट नगरपालिकाका सूचना तथा क्रियाकलापहरु प्रकाशन तथा प्रशारण गरेको समेत बताइएको छ ।

वडा स्तरबाट नै विद्युतीय शासनको अभ्यास, सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट प्रदान, नगर प्रहरी व्यवस्थापन तथा परिचालन, स्मार्ट हेल्प डेस्कको स्थापना तथा संचालन, विद्युतीय घर नक्सा पास प्रणालि अवलम्बन गरिएको, मेटिक« हाउस नम्बरिङ्ग अवलम्बन, भीमदत्त नगरपालिका अन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको २०७७/०७८ को तथ्यांक अनुसार भू–सुकुम्बासी ९२२, भू–दलित ८१६, अव्यवस्थित बसोबासी ६११५ गरी जम्मा ७८५७ आवेदन संकलन गरीएको, १० वटा नगर सभाको अधिवेशन र ६८ वटा कार्यपालिका बैठक सम्पन्न, महाकाली नदिको रोयल्टी संकलनमा आएको विवाद निराकरण गर्न दोधारा चाँदनी नगरपालिकासँग सम्झौता गरिएको लगायतका महत्वपूर्ण कामहरु सार्वजनिक गरेको छ ।

यस्तै नगरपालिकाले पर्यटन विकासतर्फ पनि उल्लेख्य काम गरेको छ । प्रत्येक वर्ष शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना, तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सम्माननीय राष्ट्रपति द्वारा विशेष सम्बोधन र हाल पाँचौ शुक्लाफाँटा पर्यटन महोत्सव २०७८ सम्पन्न भएको, नगर पर्यटन विकास समिति गठन गरिएको, ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झण्डाको स्थापना गरी पार्क निर्माण गरिएको, १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेला धाममा १९ फिटको त्रीशुल सहित पार्क स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

झोलुङ्गे पुलको सौन्दर्यीकरण तथा सौर्य बत्ती जडान गरिएको, धार्मिक पर्यटन मार्ग निर्माण, शुक्लाफाँटा पर्यटन मार्ग निर्माण, महाकाली नदिको बहुउपयोग अन्तर्गत महाकाली नदीमा र्‍याफ्टिङ्गको सफल परीक्षण तथा खल्ला १५ जना युवाहरुलाई र्‍याफ्टिङ्ग सम्बन्धी तालिम प्रदान, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान तथा संरक्षण। बाह्रकुण्डको जल पुनर्भरण गरिएको, बहुसांस्कृतिक संग्राहलय निर्माणमा सहयोग, झिलमिला तालमा सौर्यबत्ती जडान र पदमार्ग निर्माण, महाकाली नदिको सुनसान क्षेत्रको पर्यटकीय संभावनाहरुको पहिचान र र्‍याफ्टिङ्गका माध्यमबाट प्रचार प्रसार, भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माणमा रु ५० लाख सहयोग, बाह्रसिङ्गालाई नगर ब्राण्डका रुपमा घोषणा गरीएको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्