नेपाल व्यापार संघ र लायन्स क्ल्ब अफ काठमाडौं आस्थापुन्जको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल व्यापार संघ र लायन्स क्लब अफ काठमाडौं आस्थापुन्जको सहकार्यमा काठमाडाैँमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पनन भएको छ ।

काठमाडाैँको महाबाैद्धमा रहेको गणेश मन्दिरसँगको परिसरमा सोमबार रक्तदानसँगै मधुमेह र दन्त परीक्षण समेत भएको नेपाल व्यापार संघका अध्यक्ष हरि गाैतमले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा करिब एक सय जनाले रक्तदान गराएका छन् भने करिब २०० जनाले मधुमेश परीक्षण गर्नुका साथै दन्त शिविरमा सहभागी भएका छन् ।


कार्यक्रम विहान ८ बजेदेखि दिनभरी सञ्चालन भएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको लायन्स क्लब अफ काठमाडाैँ आस्थापुन्जका प्रेसिडेन्ट पार्वती भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भएको कार्यक्रम संयोजक जयकृष्ण शर्माले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । समाजको लागि गरिएको यस्तो महत्त्वपूर्ण कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । साथै उहाँले महाबौद्ध, इन्द्रचोक, गणेश मन्दिर आसपास पुनर्निर्माणको क्रममा रहेको सडक छिट्टै पूरा हुने प्रतिवद्धता समेत जनाउनुभयो ।

यसैगरी कार्यक्रममा District 1st VDG (Elect) लायन पार्बती खरेल पाण्डे विशिष्ट आतिथीको रूपमा सहभागी हुनुहुन्थ्यो । यस्तै अतिथमा District Chief लायन डा. गोपाल प्रधान, लायन विनय अग्रवाल, लायन केदार न्यौपाने, लायन डा. कविता पन्त सहभागी हुनुभएको थियो । नेपाल व्यापार संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, प्रथम उपाध्यक्ष गिरिराजमणि पोखरेल, महासचिव दिपक सापकोटा,, सचिव दिपक सापकोटा, कोशी प्रदेश उपाध्यक्ष तेजप्रसाद आचार्य लगायतको सहभागीता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्