शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।

प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार रहनुभएको थियो । आज सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयो । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन ।

हिजो आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त हुनुभएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री हुनुभएको हो । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्