स्वास्थ्यमा विद्यार्थीको पहुँच सुनिश्चित गर्दै अर्किड, ३६५ जनाले लगाए टाइफाइड विरुद्धको खोप

काठमाडाैँ – सरकाले देशभर टाइफाइड खोप लगाउने अभियान अन्र्तगत काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड प्युपल स्कुलमा पनि निरन्तरता पाएको छ । १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड खोप लगाउने कार्यक्रम अन्र्तगत अर्किड स्कुलका विद्यार्थीहरुलाई समेत खोप लगाइएको विद्यालयका सञ्चालक प्रेमकुमार भुजेलले बताउनुभयो ।


सोमबार १५ देखि १५ महिनासम्मका करिब ३ सय ६५ जनाले टाइफाइड विरुद्ध खोप लगाएका छन् । स्वास्थ्यमा विद्यार्थीको पहुँच सूनिश्चित गर्ने उद्देश्य र सरकारको अभियान अन्र्तगत खोप अभियानले निरन्तरता पाएको हो ।

यसअघि पनि अर्किड स्कुलले कोभिड विरुद्धको खोप विद्यालयमै विद्यार्थीहरुलाई उपलब्ध गराएको थियो । एक फरक प्रसंगमा बोल्दै विद्यालयका सञ्चालक प्रेम कुमार भुजेलले यसबर्षको अन्तिम दिन चैत्र ३० गते नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम रहेकाले उपस्थित हुन समेत सबैमा आह्वान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्