सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना, दुईजना सिकिस्त

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेलगायत कर्मचारी चढेको गाडी दुर्घटना भएको छ ।

गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको गाडी टिपेनी बजारभन्दा ३० मिटर माथिबाट खस्दा दुईजना कर्मचारी सख्त घाइते भएका प्रहरी सहायक हवल्दार डाँसुराम पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार बा.१झ ६३०३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब तल खस्दा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा कुइँकेल र न्यौपानेसँगै कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपाकुमारी धमला छन् । घाइतेहरुको स्थानीय पाँचपोखरी थाङपाल टिपेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडी प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले चलाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्