मझगाउ विमानस्थल, दैजी औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं – कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउ विमानस्थल निर्माण कार्य अघि बढाउन कञ्चनपुरका नेताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।
मंगलबार मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द र बेदकोट नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी उप सचिव अशोक कुमार चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अनुरोध पत्र समेत बुझाएका छन् ।
पत्रमा वि.स. २०७७ साल फागुन ३ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभत्तः ढकालको उपस्थितिमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत र संघीय सरकारको ५० प्रतिशत सहभागितामा पुनर्निर्माण गर्ने कार्यका लागि एमओयू समेत भएको समेत जानकारी गराएको छ ।

चलन चल्तीमा रहेको विमानस्थल भन्दा दक्षिण तर्फको करिब ६६५ मिटर लम्बाई क्षेत्रलाई २०५१ जेष्ठ ९ गते प्रकाशित राजपत्र अनुसार प्रष्ट रुपमा एयरपोर्ट घोषणा गरिएको र हाल पनि उत्तः क्षेत्रलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आफ्नो संरक्षित क्षेत्र भन्दै निर्माण कार्यमा अवरोध गरेकोमा प्रधानमन्त्रीबाट बाधा अड्कन फुकाउ गर्न निर्देशन भए कञ्चनपुरको विकासमा कोशेढुंगा सावित हुनुका साथै पर्यटन बृद्धि, राजश्व बृद्धि हुनेभएकाले विमानस्थल अगाडी बढाउन प्रधानमन्त्रीबाट निर्देशक हुनेमा आशावादी रहेको समेत पत्रमा उल्लेख गरिएको छ ।

संघीय संसद तथा राष्ट्रिय सभा सदस्य रेणु चन्द, सुदूरपश्चिम प्रदेशका पूर्व राज्यमन्त्री मान बहादुर सुनार, बेदकोट नगरपालिकाका पूर्व मेयर अशोक कुमार चन्द, कञ्चनपुर होटल व्यवसायी संघका पूर्व अध्यष प्रमानन्द भण्डारी, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीसँगँ राजेन्द्र बहादुर चन्दले संयुक्त हस्ताक्षर गरि उक्त पत्र पेश गरेका छन् ।

यस्तै पूर्व मेयर चन्दले कंचनपुर जिल्लाका महत्वपूर्ण आयोजना दैजी औद्योगिक क्षेत्रको काम अघि बढाउन बजेट व्यवस्थापन गर्न, महाकाली चार लेनको पुलका लागि बजेट बिनियोजन गर्न, हुलाकी सडक निर्माणमा थप बजेट सहितको मागहरु राख्दै प्रधानमन्त्रीलाई पत्र बुझाएका हुन् । यस्तै उहाँले महाकाली करिडोरमा तिव्रता दिन, दैजी जोगबुडा सडकको दैजी देखि छेला औद्योगिक क्षेत्र सम्मको सडक खण्ड फोर लेन निर्माण गर्नका लागि बजेट विनियोजन गर्न, बन्ड– नाइल सडक, सुडा मुसेपानी चुनेपानी गैरी खान सडक, विभिन्न पक्की पुल निर्माणका लागि आगामी बर्षको बजेटमा समावेश गर्न पनि अनुरोध गरेका छन् ।

निरन्तर कञ्चनपुरको विकासका लागि अहोरात्र खटिदैँ आउनुभएका नेता अशोक कुमार चन्दले यो कञ्चनपुर जिल्लाको मात्रै नभइ समग्र सुदूरपश्चिमकाे विकासका लागि आवश्यकञ भएकोले यसमा कुनै राजनीतिक रुपमा हेर्नुभन्दा पनि सबै एकजुट भएर साझा समस्याको रुपमा अघि सार्नुपर्ने बताउनुभयो । आज भएको भेटमा प्रधानमन्त्रीले आगामी वजेमा यी कुरा समावेश गर्ने प्रतिवद्धता सहितको आश्वासन दिएकाले आगामी बजेमा सम्बोधन हुनेमा ढुक्क भएको बताउनुभयो ।

  

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्