काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा झरेको छ ।
नेप्से परिसूचकसँगै शेयर कारोबार रकममा पनि सुस्तता आएको छ । मंगलबार बजार शुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । कारोबार शुरु भएको पहिलो घण्टासम्म सकारात्मक नै रहेको नेप्से परिसूचक त्यसपछि भने घट्ने क्रम शुरु भयो । अन्ततः बजार बन्द हुँदा ३७ अंकले घट्यो ।