दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बन्तोलीमा नेकपा एमाले परित्याग गरि २८ जनाले काँग्रेस प्रवेश गरेका छन् । सोमवार नेपाली काँग्रेस शैल्यशिखर नगरपालिका–७द्धारा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एकसाथ २८ जनाले काँग्रेस प्रवेश गरेका हुन् ।
स्थानीय तहको चुनावमा एकालेको तर्फबाट वडा सदस्यका उम्मेदवार चन्द्रसिह धामीसहित वडा नम्बर ७ र ८ का २८ जनाले एकसाथ काँग्रेस पार्टीमा प्रवेश गरेको नेपाल तरुण दलका नेता बिनोद सिह धामीले जानकारी दिए । प्रवेश गर्नेमा गजाधर धामी, दानसिह धामी, ललितसिह विष्ट, पदमसिह विष्ट, कम्मान सिह धामी, धनबीर धामी, मानसिह धामी, ललितसिह धामी, करबीर सिह विष्ट, अर्जुन राम कामी, पदमसिह धमी, मानसिह धामी, छाया दमाइ, ज्ञानु दमाइ, बिरमा दमाइ, लालसिह धामी, जनकसिह धामी, नरेन्द्र सिह धामी, केशव दत्त जोशी, दिलेन्द्र प्रसाद जोशी, पदम जोशी, राजेन्द्र धामी, सन्तोष धामी, गंगादत्त जोशी, माया धामी, धरमराम लुहार र रामबहादुर विष्ट रहेका छन् । नेपाली काँग्रेस वडा नम्बर ७ का सभापति कमलापती जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका उप सभापति एवं शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिह धामी प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस दार्चुलाका नेता विक्रम सिह धामी, शैल्यशिखर नगर सभापति मोहन सिह साउँद लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।