काठमाडौं – काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् ।
विशेष अदालत काठमाडौंका अनुसार व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेका हुन् ।
न्यायाधीश प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जानकारी दिएको हो ।