दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालन हुने, ५० करोड ४९ लाख बजेटको सुनिश्चतता

काठमाडौँ – दूई दशक देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको काम सुचारु हुने भएको छ ।

बुधबार अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै विमानस्थल संचालनको कार्य अघि बढाउन भनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय गणेश सिंह ठगुन्नाको पहलमा अर्थ मन्त्रालयले गोकुलेश्वर एयरपोर्ट सञ्चालनको लागि रु ५० करोड ४९ लाख ४९ हजारको स्रोत सुनिश्चितता भई निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको मन्त्री ठगुन्नाको सचिवालयले जनाएको छ ।

निर्वाचनको समयमा दार्चुलावासीकाबीच गरिएको बाचा अनुसार विमानस्थल संचालनकोलागि पहल गरेको मन्त्री ठगुन्नाका स्वकीय सचिव दौलत सिंह ठगुन्नाले जानकारी दिए ।  उनका अनुसार दार्चुला–तिंकर सडक नेपाली सेना मार्फत निर्माण गराउने कार्य यस अघि नै सुरु भएको छ भने अब गोकुलेश्वर विमानस्थल संचालन हुने भएको छ ।

आगामी दिनमा दार्चुला जिल्लाको विकासमा दुरगामी प्रभाव पार्ने थप आयोजना स्विकृत हुने मन्त्री ठगुन्नाको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु 

गोकुलेश्वर विमानस्थल संचालनको लागि पर्याप्त बजेट छुट्याउन सांसद ठगुन्नाको माग (भिडियो सहित)

पर्यटन मन्त्रालयद्वारा दार्चुलामा झण्डै २ करोडका कार्यक्रम स्वीकृत, गोकुलेश्वर विमानस्थल निर्माणका लागि १ करोड

बन्ने भयो गोकुलेश्वर विमानस्थल, पर्यटन मन्त्रालयद्वारा १ करोड बजेट स्वीकृत

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्