रामदत्त मिश्र, मिश्र, काठमाडौं – सुदूरपश्चिमेली नेपाली समाजको चौथो बार्षिकोत्सव सम्पपन्न भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित कार्यक्रममा शुदूरपश्चिमेली नेपाली समाजले पछिल्लो समय गरिरहेकाे गतिविधि, विश्व महामारीको रूपमा फैलिएको काेभिड-१९ तथा कोरोना भाईरस रोजगारीका सिलसिलामा भारतका विभिन्न क्षेत्रमा रहेर समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उद्दार गर्न शुदूरपश्चिमेली नेपाली समाजले खेलेको भूमिका लगायत आगामी योजनाका बिषयमा छलफल भएको थियो ।
उक्त बार्षिक उत्सवको अध्यक्षता शुदुरपश्चिमेली नेपालि समाज भारत केन्द्रीय अध्यक्ष दिपक प्रकाश मल्लले गर्नु भएको थियो । यस्तै बिशिष्ट अथितिमा अन्तर्राष्ट्रीय भूपू महासचिब अम्रित शाही, केन्द्रीय महासचिब मोहन बिर साउद, जम्मू-कश्मीर राज्य समितिका प्रथम उपाध्यक्ष श्री लोकमणी धामी, राज्य समिति सचीब केशब दत्त भट्ट, उत्तराखण्ड राज्य समितिका सदस्यहरू, दिल्ली राज्य समितिका सदस्यहरु, महाराष्ट राज्य समितिका सदस्यहरु, कर्नाटक राज्य समितिका सदस्यहरु, तमिलनाडु राज्य समितिका सदस्यहरु, यसै गरी भारत का विभिन्न राज्य बाट आउनु भएका सदस्य सदस्यहरुको उपस्थित रहेको थियोे ।
यसैगरी कलाकार अछामी रेखा भीम बिष्ट, ज्ञानु शाही, संगिता शाही, हेमन्त भट्टराईको उपस्थिति रहेको थियो ।
शुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय अध्यक्षले उपस्थिति सम्पूर्ण सदस्य, सञ्चारकर्मी, सरोकारवाला निकायलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।