नेपालको कृषि र कृषि शिक्षा

नेपाल एक कृषि प्रधान देश हो नेपालका करिब ६५ प्रतिशत जनाताहरु कृषि पेषामा संलग्न रहेका छन । परापुर्ब कालदेखी नै खेतीपाती तथा पशुपालन गर्दै आईरहेको सन्दर्भमा बर्तमान परिपेक्षमा केही परिवर्तित तवरले कृषि गरिदै आईरहेको छ । कृषि पेशा आफैमा ईमानदमरीको पेशाको रुपमा परिचित हुदै आएको छ । हाम्रो देशमा परापुर्ब कालमा आफ्नो जिवन निर्बाह गर्न र घरपरिवारको खाध्यान्न तथा पशु उत्पादनको सेवन गर्नको लागी मात्र कृषि गरिन्थ्यो । बर्तमान परिपेक्षमा कृषि एक घरमा मात्र सिमित नभएर ब्यापक रुपमा ब्यावसाईक तवरले गरिदै आई रहेको छ । घरको आवश्कतामा मात्र सिमित नभएर बजारको आवश्कतालाई मध्यनजर गरी कृषि ब्यवसाय सञ्चालन गरिदै आईरहेको छ ।
नेपालको सन्दर्भमा बर्तमान समयमा पनी कृषिको ब्यवसाईकरण र बजारीकरण ब्यापक रुपमा लक्ष अनुसार हुन सकिरहेको अवस्था छैन । नेपाल एक भुपरिबेष्ठित राष्ट हो जहा भौगोलिक रुपले पनी बिकट रहेको अवस्था छ नेपालको भौगोलिक धरातलिय स्वरुप हिमाल,पहाड र तराई मिलेर बनेको छ जुन कृषि कर्मको लागी उपर्युक्त मानिन्छ । बिश्मा पाईने सबै प्रकारको हावापानी नेपालमा पाईने हुदा सबै प्रकारको खेतीपाती , पशुपालन तथा मत्स्य पालन गर्नको लागी उपर्युक्त ठहरिएको छ । नेपालमा तराई भन्दा पहाडी भुभाग बढी मात्रामा रहेको हुदा फलफुल खेतीको लागी एकदमै सम्भाब्य स्थान रहेको छ तराई क्षेत्रमा खाध्यान्नको उत्पादन,पहमडी क्षेत्रमा फलफुल तथा पशुपालन र हीमाली क्षेत्रमा लेकाली फलफुल तथा उच्च मुल्य पर्ने जडीबुटी र भेडा,चौरी पालन गर्नको लागी एकदमै सम्भाब्य स्थन रहेको छ । नेपालको कृषिको बिकाश गर्न कृषि प्रणलीलाई निर्बाहमुखी कृषि बाट ब्यवसाई कृषि तर्फ उन्मुख गराई भोगोलिक बनावट अनुसारको कृषि प्रबिधीको बिकाश गर्नु आजको आवश्यकता रहेको छ ।
नेपालको कुल जनसंख्याको दुई तिहाई जनसंख्या कृषि पेशामै निर्भर रहदा पनी कृषि प्रणालीको उचित ब्यवस्थापन हुन नसक्दा खासै परिवर्तन हुन सकिरहेको छैन । धेरै जसो ग्रमिण समुदायको बसोबास रहेको र सकारको कुषि संग सम्बन्धित निती तथा कार्यक्रमहरु आउँदा किसानको मुख्य आवस्यकता भन्दा पनी परम्परागत कार्यक्रमहरु आउने र वास्तबिक किसानहरुलाई भन्दापनी शक्ती र पहुच हुनेहरुले मात्र कार्यक्रमको फाईदा लिने कृषि पेशामै जिबिकोपार्जन गरीरहेका किसान हरुलाई खासै जानकारी नहुने र झन्जडिलो प्रबधानहरुले गर्दा खासै लाभ लिन सकिरहेको अवस्था छैन । ग्रमिण क्षेत्रमा बिभिन्न असुबिधाका कारण कृषकहरु सरकारका बिभिन्न कार्यक्रमहरु संग अझै पनी जोडिन सकिरहेको अवस्था छैन । बिगतको तुलनामा तीनै तहको सरकारले कृषिमा बजेट बिनियोजनको दायरा बढाएपनी सरकारको लक्ष अनुसारको उपलब्धी भने देखीएको छैन । भौगोलिक बनावट सुहाउँदो कृषि प्रणली र वास्तबिक किसानहरुको आवश्यकतामा आधारित कृषि कार्यक्रमहरु बनाई किसानहरुलाई पचियपत्र बितरण गरी वास्तबिक किसानको पहिचान गरी कार्यक्रमहरु सञ्चालन गर्नेु आजको कावश्यकता हो ।

नेपालको धेरै जसो ग्रमीण कृषि क्षेत्रमा अझैपनी आधुनिक कृषि उपकरण तथा उन्नत बीउ र रसायनिक मलको उपलब्धता हुन सकीरहेको छैन गा्रमीण क्षेत्रमा बसोबास गर्ने कृषकहरुले हलो र गोरुको भरमा कृषि कर्म गरीरहेको अवस्था बिद्यमान रहेको छ । बर्षौ देखी आफ्नै घरमा उत्पादित बिउ तथा मलको प्रयोय गरीररहेको अवस्था बिद्यमान रहेको छ । धेरै बर्ष सम्म एकै बिउको प्रयोगले किसानहरुको उत्पादनमा ह्रास आईरहेको छ धेरै जस्तो क्षेत्रहरुमा बर्षभरी कृषि कर्म गरेर छ महिना सम्म पनी खान नपुग्ने अवस्थामा कुषकहरु रहेका छन । नेपाली कृषकहरु आधुनिक कुषि प्रबिधी संग जोडिन सकिरहेको अवस्था छैन कृषिको ब्यवसाईकता भन्दापनी हतोतसाहीतामा नेपाली कृषि समुदाय रहेको अवस्था छ ।
नेपालमा संघियताको कार्यानयन पश्चात स्थानीय,प्रदेश र केन्द्र सरकार सञ्चालनमा रहेका छन तीनै तहका सरकारहरुका आआफ्ना छुट्टा छुट्टै कृषि इकाई हरु रहेका छन तर संबिधानको भावना र मर्म अनुसार कृषिका इकाईहरुले आफ्ना कार्यहरु सम्पादन गर्न सकिरहेका छैनन । सबैभन्दा बढी कृषिका कार्यक्रमहरु सञ्चालन हुने तथा कृषि कर्म गरिने स्थानीय तहहरुमा कृषि संग सम्बन्धित विज्ञहरुको अभाब रहेको छ ।

अधिका‌ंश किसानहरुका समस्याहरु स्थानीय तह संग सम्बन्धित रहेका हुन्छन तर स्थानीय तहहरुकमा कृषिमा बिषेशज्ञता हासिल गरेका बिज्ञ हरुको अनुपस्थिती रहेको देखिन्छ । कृषिमा बिषेशज्ञता हासिल गरेका बिज्ञहरु संघ र प्रदेशमा सिमित रहेका छन जुन स्थानीय स्थरमा रहेमा किसानहरुसंग प्रतक्ष रुपमा ठोकिन पुग्दैनन जसको कारण किसान हरुको घर दैलो सम्म बिषेशज्ञ सेवा पुगी रहेको हुदैन ।
नेपालमा कृषि शिक्षाको सोचे जस्तो धेरै बिकाश हुन सकिरहेको छैन कृषि भनेको एक प्रयोगात्मक ब्यवहारिक सीपमा आधारीत शिक्षा भएको हुदा नेपालमा बिदेशको तुलनामा प्रयोगात्मक कम र सैदान्तिक शिक्षा बढी मात्रामा प्रधान गरिदै आईरहेको अवस्था छ । कृषि संग सम्बन्धित बिश्व बिद्यालय तथा कलेज हरुले कृषि प्रयोगात्मक तथा ब्यवहारिक ज्ञानमा अग्रता दिएको अवस्था छैन । हुनत नेपालका कृषि बिश्वबिद्यालय तथा कलेज हरुसंग प्रयाप्त रुपमा साधन स्रोत र बजेटको अभाब रहेको अवस्था र बिभिन्न नितिगत समस्याहरु पनी झेल्नु परेको अवस्था पनी बिधमान रहेको छ ।

त्यस्का बाबजुत पनी बिगत भन्दा बर्तमान परिपेक्षमा कृषि शिक्षामा केही सुधार भने पक्कै पनी भई रहेको अवस्था हो । कृषिमा उत्पादित जनशत्तीको उचित ब्यवस्थापन हुन नसक्नु र कुषि पेशा लाई मर्यादित पेशाको रुपमा ग्रहण गर्न नसक्नु पानी एक ठुलो समस्याको रुपमा रहदै आएको छ । कृषिमा उत्पादित दक्ष जनशक्ती बिदेश पलायन हुनु र स्देशमै लगानकिो लागी उचित वातावरण हुन नसक्नु कृषि ब्यवसायमा आफ्नो भबिष्य सुनिश्चित भएको नदेख्नु पनी एक प्रमुख समस्या हो । कृषिमा जस्तोसुकै बिज्ञता हासिल गरेपनि कृषिको ब्यावसाईकरण, औद्योगीकरण गर्नु भन्दापनी जागीरको पछि दगुर्नु र ब्यवसाईक्ता भन्दापनी जागीरकै लागी प्रतिसपर्धा गर्नु नेपालको कृषि शिक्षाको एक चुनौती हो ।

नेपाल सरकारले कृषि संग संबन्धित सम्पुर्ण निकायहरुको एकिकरण गरी कृषि प्रसार,कृषि अनुशन्धान र कृषि शिक्षा लाई एक द्धार प्रणलीबाट सञ्चालन गरी , भौगोलिक बिबिधता सुहाउदो कृषि प्रणलीको बिकाश गरी नेपाली कृषक समुदायको आवश्कतामा आधारित कृषि निती तथा कार्यक्रमहरु सञ्चालन गर्नु आजको अपरिहार्य आवश्कता हो । कृषि बिज्ञहरुको प्रतक्षरुपामा किसानहरुकै स्थरमा उपलब्धता गराई आधरभुत तहमा नै कृषि कार्यक्रमहरु निर्माण गरी सञ्चालन गर्नु नै ब्यावसाईक कृषिको लागी एक परिवर्तनको बाटो हुन सक्दछ ।

लेखक : कृष्ण बिष्ट लेकम ५ दार्चुला
कार्यरत : कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुर , चितवन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्