बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

FILE PHOTO

काठमाडौँ – बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा ३ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका २ हजार ३ सय ९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जना रहेका छन् । आज २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ९९ हजार ६ सय ५ जना डिस्चार्ज भइसकेको छन । अझै ४४ हजार ४ सय ७६ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्