नयाँ शैली र गतिमा उपहार मिडिया

उपहार मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित अनलाईन पत्रिका उपहार खबर डट कम लाई अझ स्तरीय बनाउन केही सुधरका कदमका साथ अघि बढे प्रण गरिएको छ । सल्लाहकार दामोदर पुडासैनीको अध्यक्षतामा बुधवार राजधानीमा बसेको बैठकले उपहार अनलाइन पत्रिकाले विश्वसनीय, स्तरीय, निश्पक्ष र जनसवालका विषयमा आवाज उठाएको कारण स्थापनाको छोटो अबधिमै आम जनमानसमा लोकप्रिय भएकोले यस पक्षमा अझ जोड दिने बिषयमा पनि छलफल भएको छ ।
मिडियाले राष्ट्रिय ,अन्तर्राष्ट्रीय र जनजीवनका सवाललाई लिएर खोजमूलक स्तम्भ पनि समावेस गर्ने भएको छ ।यसै क्रममा १५ प्रश्न समाजमा विशिष्ट योगदान गर्नेहरूसँग र १५ प्रश्न राजनीतिज्ञसँग सोधिने स्तम्भ शुरू गरिनेभएको छ । साहित्य ,कला र सँगीत क्षेत्रलाई पनि विशेष महत्वका साथ अघि बढाउने र यसै क्रममा उपहार खबरका सल्लाहकार तथा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को पर्खाल भित्रको राजधानी नियात्रालाई आगामी शनिबार देखि साप्ताहिक रुपमा प्रकाशन गर्ने विषयमा समेत छलफल भएको छ । यो स्तम्भले विश्वभर छरिएर रहेका नेपालीहरूले सल्लाहकार दामोदर पुडासैनी किशोरको नियात्राको नवीन स्वाद चाख्न पाउनेछन् ।
उपहार मिडियाद्वारा प्रकासित बिज्ञप्तिमा अगाडि भनिएको छ -सत्य, निश्पक्ष र विश्वसनीय समाचार प्रकाशन गर्दै आइरहेको अनलाईन पत्रिकामा अझ आगामी दिनमा नयाँ विषयबस्तुलाई समेटेर अघि बढ्ने र देशका कुनाकाप्चामा लुकेर बसेका, सञ्चार क्षेत्रमा आउन नसकेका, स्थानीयका पीडा, बेदना लगायत सरकारको ध्यान जान नसकेको क्षेत्रलाई उजागर गर्दै अघि बढ्ने छौँ । उपहार मिडियाले आफ्नो स्थापना कालदेखिनै नेपालका दुर्गमदेखि सुगमसम्मका र विश्वका कुनाकाप्चा सम्मका सामयिक र जनचासोका सामग्री समावेश गर्दै आएको छ । यसलाई आम जनमानसले खोजी खोजी उपयोग गरेको पाइएकोले यसलाई अझ तीव्रता दिने निर्णय पनि गरिएको छ ।
सो अवसरमा उपहार मिडियाका प्रबन्ध निर्देशक रामदत्त मिश्रले भन्नुभयो- आजको युग बिज्ञानको युग हो । अनेकौ कुरीति ,कुसँस्कार र अन्धविश्वासको कारण नेपाली समाज अझै सम्बृध्द बन्न नसकेको तथ्यलाई ध्यानमा राखेर उपहार मिडियाले अझै कुरीति ,कुप्रथा र अन्धविश्वास बिरूध्दका सामाग्रीहरू समावेश गरि वैज्ञानिक चेतना जगाउन अग्रसर हुनेछौ । उपहार मिडियाका कार्यकारी निर्देशक डम्बर मिश्रले उपहार मिडिया आगामी दिनमा थप स्रोत साधन जुटाउन अग्रसर रहेको कुरा पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्