काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) का कारण यो वर्ष श्रमिकहरुको ज्याला नबढ्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसमेत सहभागी हुने जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि विभिन्न क्षेत्रका श्रमिकहरुको ज्यालादर अघिल्लो वर्ष बराबर नै राख्ने निर्णय गरेको हो ।