अछामको साँफेबगर नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना पुष्टि भएको छ । असार ५ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा मङ्गलबार प्राप्त रिपोर्टमा वडा अध्यक्षसहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वडा अध्यक्ष भारतबाट आएका व्यक्तिहरूको व्यवस्थापनसँगै कोरोना नियन्त्रणमा सक्रिय रहेका थिए ।
यस्तै कोरोना आशङ्का गरिएका व्यक्तिको स्वाब सङ्कलनमा साँफेबगर क्षेत्रमा खटिएका २३ वर्षीय स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई समेत आइसोलेसनमा राखिएको छ ।