नेपालमा कोेरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उहाँलाई असार ११ राति भरतपुर अस्पतालमा ल्यायएको थियो । भतरपुर अस्पतालले आफ्नो अफिसियल फेसबुक पेजमा पोष्ट गर्दै आज (शनिबार) बिहान ७ बजे उहाँको मृत्यु भएको जनाएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार उनको घर कैलालीको गोदावरी नगरपालिका–७ हो । अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।