कन्नड अभिनेता चिरञ्जीवीको निधन

एजेन्सी – कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार दिउँसो हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको छ । उनी ३९ वर्षका थिए । खबरका अनुसार उनको कोभिड–१९ परीक्षण पनि गरिएको छ जसको रिपोर्ट हाल प्राप्त भएको छैन । भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका थिए, त्यति बेला नै उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो । उनको अन्तिम संस्कार सोमबार गरिने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्