बर्दियाका प्रजिअ सहित १९ जनाको पीसीआर रिर्पोट नेगेटिभ

बर्दिया– बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । संक्रमित सवारी चालकले सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेशनमा राखिएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्