काठमाडौँ । नीजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) तार्केश्वर नगरको तेस्रो अधिवेशनबाट केशवराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले निजी तथा संस्थागत विद्यालय क्षेत्रको शैक्षिक विकास, विद्यालयबीचको सहकार्य तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृत भण्डारी, सचिवमा अमर भण्डारी र कोषाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दुर्गा बास्तोला, अविनाश उप्रेती, उमा अधिकारी र दिपेश फुयाल चयन भएका छन्।
नयाँ कार्यसमितिले तार्केश्वर नगर क्षेत्रका निजी तथा संस्थागत विद्यालयका साझा समस्या, शैक्षिक सुधार, विद्यालय व्यवस्थापन तथा शिक्षक–विद्यार्थीको हितका विषयमा समन्वय गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै नगर क्षेत्रको शिक्षा क्षेत्रलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिको कार्यकालमा तार्केश्वर नगरको निजी शिक्षा क्षेत्रले थप प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ।



