रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र सहित घण्टी उपहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै पार्टीको प्रतीकस्वरूप घण्टी उपहार प्रदान गरेका थिए।

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य तथा विभिन्न पदाधिकारी निर्वाचित भएका हुन्।

पार्टीले नयाँ नेतृत्वसँगै संगठन विस्तार, नीतिगत सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्