जनकपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभई संघीय संरचनालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताएका छन्।
जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणामार्फत संघीयतालाई थप व्यवस्थित र मजबुत बनाउने आफ्नो पार्टीको सोच रहेको बताए। उनले संघीयताका विषयमा अनावश्यक विवाद र एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेकोमा जोड दिए।
मधेसमा अघिल्लो निर्वाचनमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे। मधेसी समुदायबीच आपसी विवाद र आरोप–प्रत्यारोपको प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
न्यूज एजेन्सी नेपाल




