आज नेपाली बजारमा आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलाको ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको ५ हजार ७ सय ४५ रुपैयाँ रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्