म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दी – म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठ (नेकपा एमाले) ले ७ हजार ९१९ मत प्राप्त गरेका छन्। मतगणना सकिए पनि औपचारिक घोषणा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुन बाँकी रहेको जनाइएको छ।

डा. महावीर पुन आफ्नो जन्मथलोबाट निर्वाचन लड्न मैदानमा उत्रिएका थिए। उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने प्रमुख मुद्दा उठाउँदै चुनाव लडेका थिए। साथै विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने नीति बनाउने प्रतिबद्धता समेत आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्।

यसैगरी कर्णबहादुर भण्डारी (नेपाली कांग्रेस) ले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने अर्जुन थापा (नेपाली कम्युनिस्ट पार्टी) ले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्