काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नम्बर–२ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार राईले २४ हजार ६२८ मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी विवेककुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) ले १८ हजार ५८२ मत प्राप्त गरे। त्यस्तै सुधान्सु कोइराला (नेपाली कांग्रेस) ले १७ हजार ५९६ मत ल्याउँदै तेस्रो स्थानमा रहे।
यसैगरी ऋषिराज देवकोटा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले १ हजार ७२३ मत प्राप्त गरेका छन्। दीपेन्द्र विष्ट (नेपाल कम्युनिस्ट पार्टी) ले १ हजार ४५६ मत ल्याए भने कमरुद्दीन राई (जनता समाजवादी पार्टी, नेपाल) ले ९०८ मत प्राप्त गरेका छन्।
४६ वर्षीय राईको यो जितसँगै बाँके–२ मा एमालेले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी राईलाई समर्थकहरूले बधाई दिँदै क्षेत्रको विकास र जनअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।







