मालिकार्जुन गाउँपालिकाः उपाध्यक्षले दिएको उजुरीको खण्डन, अध्यक्ष भन्छन् –कपोकल्पित आरोप लगाउनु निन्दनीय (विज्ञप्ति सहित)

गणेशसिंह धामी,
दार्चुला – मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले उपाध्यक्ष पुष्पा अवस्थीले दिएको उजुरीबारे विभिन्न संचार माध्यम र सामाजिक संजालबाट थाहा पाउँदा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष धामीले सिंगो गाउँपालिका परिवार कोरोना भाइरसको रोकथाममा रहेको बेला गाउापालिका नेतृत्व तथा समस्त कर्मचारीको मनोबल गिराउने ढंगले गरिएको कपोकल्पित भ्रामक तथा झुट्टा आरोप लगाउनु निन्दनीय भएको बताए । गाउँपालिकाको उपाध्यक्ष जस्तो गरिमामय पदमा रहेका व्यक्तित्वबाट यस प्रकारका गतिविधि गरिनु हास्यास्पद रहेको अध्यक्ष धामीले बताए ।
उनले चरित्र हत्या हुने गरि गरिएको झुटा प्रचारबादी तथा मिडियाबाजीबाट अविचलित हुदै कर्मचारी, स्वास्थ्यकर्मी तथा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको असरप्रति गम्भिर भई सदैव जनतको सेवामा काम गर्ने अध्यक्ष धामीले प्रतिबद्धता गरे । अध्यक्ष धामीले अनावश्यक रुपमा चरित्र हत्या गरिएकोले उपाध्यक्ष अवस्थीलाई झुटा मुद्दामा कार्वाहीको माग समेत गरे ।

 

 

 

यस अघि सोमबार उपाध्यक्ष अवस्थीले अध्यक्ष धामी एकपक्षीय ढंगले चलेको आरोप सहित जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिएकी थिइन् ।
उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, राष्ट्रपतिको भ्रमणको समयमा गरिएको खर्च बिनियोजन गरिएको रकम भन्दा दोब्बरका बिलहरू बनाएर आर्थिक अनियमितता गरेको आरोप जस्ता विभिन्न आरोप लगाएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्