CORONA

काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

काठमाडौं – काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ । अनलाइनखबर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्