म सोच्न बाध्य छु, यो देश कता जाँदैछ,
आफ्नो धर्तीको सपनालाई कोले खै खाँदैछ।
जहिलै नेताको भाषण,
योजना खाली,
जनता भोकै, भ्रष्टाचारीलाई ताली।
पर्वतका शिखर सुन्दर, हिमालको शिर उच्च,
तर यहाँको राजनीति देख्दा हुन्छ मन कुच्च।
बेरोजगारीको छायाँमा सुक्दैछ देशको उमेर, किन भक्कानिन्छ यो मन। सायद होला स्वदेशमा अध्यारो मात्र देखेर।
हामीले रोजगारी खोज्यौं, पाइन्छ पाउन त तर विदेशमा मात्र।
परिवार छुट्छ, साथी छुट्छ, टाढा जानुपर्छ,
रगत, पसिना, आँसु बेचेर पनि, मुस्कान गुम्छ।
देशको ढुकुटी रित्तिन्छ, भ्रष्टाचारले छोप्छ,
जनतालाई लुट्नेहरू सत्ताको कुर्सीमा चढ्छ।
कहाँ गयो त्यो सपना, फुल्ने बगैंचाको,
आफ्नै माटोमा हरियाली ल्याउने खेतीपातीको।
राजनीतिका खेलाडी, कुर्सीमा झगडिन्छ,
जनताको आवाज यहाँ केवल नारामा हराउँछ।
विदेशी भुमिमा नेपाली श्रमिक बन्छन्,
तर स्वदेशमा, आफ्नै अस्तित्व गुमाउँछन्।
युवाहरू विदेशिन्छन, माटोलाई बिर्सिन्छन्,
आमाको आँखामा आँसु, मनले तर बुझेका छन्।
केवल सपना बोकेर, कहिले फर्किएला,
देशको माया हराउँदै, समयले कतै गुमाउँछ।
तर पनि, के आशा मर्ने समय आयो।
यो देशलाई फेरि बाँच्ने साहस कोहीले ल्यायो।
युवा उठौं, चेतना फैलाऔं, भ्रष्टाचार हटाऔं,
आफ्नै देशमा उज्यालो ल्याउन, एक भएर लडौं।
स्वदेशमै सिर्जना गरौं, अवसर सँगालौं,
नयाँ नेपाल बनाउन, भविष्य उचालौं।
आफ्नो माटोमा पसिना बगाऔं।