पाकिस्तानी नेता आरिफ वाजिरको गोली हानि हत्या

काठमाडौँ – पाकिस्तानको इस्लामाबादमा पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित उनकै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए ।

उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए ।

वाजिर आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । अधिकारीका अनुुसार उनलाई अत्यधिक चोट लागेको थियो ।

उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित एक अस्पतालमा पुर्याइएको थियो । तर अस्पतालको नाम भने खुलाएको छैन । -ऐजन्सी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्