मध्यपुर थिमिमा सडक कुकुरलाई भोजन, ३८ दिन वेलफेयर आफ्नै खर्चमा

निरज बाडे
भक्तपुर – महामरि मानव प्रभाव सगैं सम्पुर्ण वातावरण प्रभावित रहेको कुरालाई मध्य नजर गरि मध्यपुर थिमि नगरपालिकामा अवस्थीत मध्यपुर एनिमल वेलफेर सोसाईटीले शुक्रबार सम्म आउदा ३८ दिन निर्णतर सामुदायिक कुकुरलाई दिनकै भोजन गराउदै आएको छ ।

वेलफेयरले विगत केहि वर्ष अघि संगठित भए लगतै जनावरहरुका लागि विभिन्न कार्यक्रम गदै आएको छ । सामुदयिक कुकुरलाई बन्ध्याकरण, रेविजका भ्याकसिन, जस्ता दक्ष शक्तिले सके जति भुमिका निर्वाह गदै आएको वेलफेयरका अध्यक्ष्य राकेश कारन्जीतले बताए ।

लकडाउन पछि सबै मानिस घर भित्र रहे पछि सामुदायिक कुकुर भोका देखेर सो अभियान थालेको वेलफेयरका सचिव सवि श्रेष्ठ सुरुले बताए । “कुकुर पनि हाम्रो समाजको एक महत्वपुर्ण सदस्य हो”, उनले भने ।

सो अभियानमा मध्यपुर थिमि नगरपालिकाले ७५ के.जी चिउरा, यसै गरि मनकारि भावनाले स्थानीय किरण बाडेले १५ के.जी चामल, कान्तिपुर राईस मिल बाहाखा बजारले १५ के.जी चामल, सामाजिक संञ्जाल बाट जानकारि पछि मध्यपुर थिमि गठ्ठाघर निवासि सगर श्रेष्ठले ५ हजार नगद सहयोग, युवानतरण नेपालले २५ सय ५० नगद साथै स्थानीय यूवाहरुले सो अभियानमा सहकार्य गरिहेका छन् ।

दैनिक ७ सय देखि १ हजार खर्च हूदै आई रहेको वेलफेरले जनाएको छ । वेलफेयरका सदस्यहरु दैनिक सो अभियानमा खटिएर आफ्नै खर्चमा, सडक कुकुरहरुलाई भोजन गराउन पाउदा निकै खुसि लागेको बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्