भय र पक्षपातरहित पत्रकारिताका लागि मिडिया एक्सन नेपालको आह्वान

काठमाडौँ – आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस, हेरेक वर्ष मनाइने यो दिवस यस वर्ष कोरोना भाइरसले प्रभावित भएको छ । कोरोना भाइरसको महामारीमा पनि मिडियाकर्मीहरु अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । नागरिकको सूचनाको हक प्रत्याभुति गराउन मिडियाकर्मीहरु निरन्तर खटिएका छन् । मिडियाको क्षेत्रमा अनुसन्धान गर्ने मिडिया एक्सन नेपाले यस दिवसलाई कोरोनाका तथ्य उजागर गर्ने चुनौतिवीच पत्रकारहरूका लागि थप जिम्मेवारी बोध गर्ने र साहस देखाउने दिवसका रुपमा स्मरण गर्न सबै पत्रकारहरुलाई आह्वान गरेको छ ।

दिवसका सन्दर्भमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भय र पक्षपातरहित पत्रकारिताको नारा दिइएको यस वर्षको प्रेस स्वतन्त्रता दिवसको अन्तर्य पत्रकारले निर्भयपूर्वक सत्य र तथ्यपरक सूचना उत्पादन र सम्प्रेषण गरि भ्रामक र गलत सूचनाको रोकथाम तथा विश्वसनीय पत्रकारिताको प्रवर्धनमा योगदान पु¥याउन सकेमात्र पुरा हुनेछ ।’

एक अनलाइनको समाचार ह्याक गरि स्वतन्त्र प्रेसमाथि सकारका विज्ञबाटनै अवरोध सिर्जना गर्नुजस्ता घटनाहरू स्वतन्त्र प्रेसको विरुद्धमा सरकार रहेको बुझिन्छ ।

“पछिल्लो समय कोरोना नियन्त्रणसम्बन्धि सामग्री खरिदमा भएको अनियमितता मिडियाले उजागर गरेका घटनामा पत्रकारहरूलाई हतोत्साही गरिनु र एक अनलाइनको समाचार ह्याक गरि स्वतन्त्र प्रेसमाथि सकारका विज्ञबाटनै अवरोध सिर्जना गर्नुजस्ता घटनाहरू स्वतन्त्र प्रेसका सन्दर्भमा सरकारको प्रतिवद्धता, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय अभिसन्धि, १९६६ को धारा १९ र नेपालको संविधान, २०७२ को धारा १९ ले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविरूद्ध छन् ।” विज्ञप्तिमा भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्