प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन सक्दैनः खतिवडा

काठमाडौँ – अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ ।
प्रवक्ता डा. खतिवडाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा (मे ३) शुभकामना दिदै भनेका छन, “यद्यपि, प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन सक्दैन । यसका निश्चित दायित्व र सीमाहरू हुन्छन् ।” उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको चर्चा गर्दै नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, “नेपालको संविधानमा सर्वसाधारण नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक सुनिश्चित गरिएको छ । ”
सन्देशमा यी अधिकारहरूलाई सहजीकरण गर्न सञ्चारमाध्यमलाई सूचनाको खोजी गर्ने छुट हुने उल्लेख गर्दै भनिएको छ, “प्रकाशन÷प्रसारण गर्ने, राज्यका निकायहरूको काम कारबाहीलाई निगरानी राख्ने छुट दिइएको हुन्छ, जसलाई हामी प्रेस स्वतन्त्रता भन्छौँ । ” उनले कोरोना भाइरस (कोभिड–१९) पछि बन्दाबन्दीको असहज अवस्थामा पनि जनतालाई सुुसूचित गर्न खटिएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको उच्च प्रशंसा गरेका छन् ।

हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्