हेलम्बुमा कृषि उत्पादन बढाउन कृषकहरुलाई मल अनुदान दिने निर्णय

सिन्धुपाल्चोक – हेलम्बु गाउँकार्यपालिकाको बैठकले कृषि उत्पादन बढाउनको लागि किसानहरुलाई मल ढुवानीमा अनुदान दिने निर्णय गरेको छ ।

मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले कोरोना भाइरसको जोखिमले देश लकडाउन भएको अवस्थामा कृषि उत्पादन बढाउने उद्देश्यले हेलम्बुका किसानहरुलाई सहज ढंगबाट सुपथ मुल्यमा मल उपलब्ध गराउने निर्णय गरेको हो । कृषहरुलाई २ चरणमा मल उपलब्ध गाराइने गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर बरालले उपहार खबरलाई जानकारी दिए । बर्षे बालिको लागि यहि महिना र हिउँदे बालीको लागि कार्तिकको दोस्रो सता सम्म मल ढुवानीमा अनुदान दिइने कृषिशाखा प्रमुख बरालले बताए । पहिलो चरणमा तीन हजार बोरा रसायनिक मल ढुवानीका लागि अनुदान दिइने छ । मल ढुवानीको लागि गाउँपालिकाका कृषि सहकारी संस्थाहरुलाई जिम्मेवारी दिएको पनि उनले स्पष्ट पारे ।

यस्तै सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा बराबरको रकम हेलम्बु केरोना रोकथाम तथा नियन्त्रण र उपचार कोषमा दिने निर्णय गरेको प्रमुख प्रशासकी य अधिकृत भीमराज कोइरालाले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि हेलम्बुले यस अघि नै घर–घरमा डाक्टर अभियान थालेको थियो भने दिर्घरोगीहरुका लागि घर घरमा गएर नै औषधि वितरण गरेको छ । गाउँपालिकाले काठमाडौबाट ८ सय भन्दा बढी आफ्ना नागरिकलाई गाउँ फर्काएको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्