लकडाउनका कारण डडेल्धुरामा तरकारी कुहिन थाल्यो, किसान मारमा

File Photo

काठमाडौं – लकडाउनका कारण वजार नखुल्दा र सवारी साधन संचालनमा नआउदा डडेल्धुराका विभिन्न स्थानमा उत्पादन भएको कृषि वस्तु विक्रि नभएर किसान मर्कामा परेका छन् ।

अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिका सहितका विभिन्न स्थानमा उत्पादित कृषि उपज विक्रि हुन नसक्दा किसानहरु मर्कामा परेका हुन् । विगतका वर्षमा त्यहा उत्पादन हुने तरकारी तराईका जिल्ला सहित सुदुरपश्चिमका अन्य पहाडि जिल्लामा समेत विक्रि हुने गरेको थियो ।

वजारमा होटेल देखी तरकारी विक्रि गर्ने पशलहरु पनि सहज रुपमा खुला नभएका कारण तरकारी बारीमा सड्न थालेको छ । डडेल्धुरामा अहिलेको समयमा काउली,सिमि,वन्दा गोवी, आलु लगायतको तरकारी सहित काक्रा वढी उत्पादन हुने गर्दछ ।– NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्