स्थगित खेलकुद गतिविधिहरु सुरु गर्नेबारे छलफल सुरु

काठमाडौं – कोभिड–१९ को स्वास्थ्य महामारीका कारण स्थगित भएका खेलकुद गतिविधीहरु पूर्ववत रुपमा सञ्चालन गर्ने बारेमा बेलायतमा छलफल शुरु भएको छ ।
महामारीकै बीचमा कसरी खेल गतिविधी शुरु गर्न सकिन्छ भन्ने बारेमा सरकारले विभिन्न खेल सम्वद्ध चिकित्सकहरुसंग छलफल र परामर्श गर्न लागेको हो ।

तत्काल खुला रंगशालामा धेरै दर्शकहरुको बीच खेलकुद आयोजना गर्न नसकिने भएपनि बन्द रंगशालामा वा सिमित दर्शककै माझ खेलकुद गर्ने वातावरण बनाउन छलफल शुरु गर्न लागिएको बताइएको छ ।

त्यसै विषयमा छलफल गर्न सरकारले यसै साता खेल क्षेत्रका मेडिकल डाइरेक्टरहरुको बैठक पनि डाकेको छ । परीक्षण, सामाजिक दूरीलगायत न्यूनतम मापदण्ड पुरा गरी अबको केहि हप्तामा खेलकुद आयोजना गर्ने योजना अनुरुप छलफल हुनेछ ।

बेलायतमा कोरोना संक्रमणबाट २० हजार बढीको मृत्यु हुँदा खेलकुद सहित सबै सार्वजनिक गतिविधीहरु बन्द गरिएको छ ।

यसले त्यहाँको प्रतिष्ठित प्रतियोगिताहरु प्रमियर लिग, महिला सुपर लिग, इङ्लिस फुटबल, क्रिकेट लगायत सबै खेलकुद प्रतियोगिताहरु अनिश्चितकालका लागि स्थगित भएका छन् । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्