अनलाइन विधिबाट पठनपाठनलाई निरन्तरता दिन सरकारलाई सुझाव

काठमाडौं – विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउन र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुझाव दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले गठन गरेको पूर्व्विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समिति मातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले अध्ययन गरिरहेको छ ।

ती सुझावलाई उच्चस्तरीय समिति र मन्त्रालयको टोलीबीच छलफल गरी आवश्यकतानुसार मन्त्रीस्तर वा मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी वैकल्पिक विधिबारे निर्णय हुनेछ ।

समिति र मन्त्रालयले दुरसञ्चार सेवा प्रदायक निकायलाई ग्रामीण भेगका विद्यालय र विपन्न वर्गका विद्यार्थीलाई सञ्चारको पहुँचमा छुट दिने बारेमा पनि परामर्श गरिरहेको छ ।

लकडाउनको घोषणापछि नेपाल सरकारले वैकल्पिक र दुर शिक्षाका माध्यमबाट शिक्षा प्रणालीको निरन्तरताका लागि नीतिगत खाका कोर्न थालेको हो । कतिपय विश्वविद्यालयले भने अनलाइन माध्यमबाट पठनपाठन शुरु गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयले पनि यस विधिको सञ्चालनका लागि आफ्नो अलग्गै कार्यदल गठन गरेको छ ।

सो समितिले शैक्षिक क्यालेण्डर, सूचना तथा सञ्चार प्रविधिमा आधारित अनलाइन कक्षा, यसको व्यावहारिकता, परीक्षा र मूल्याङ्कन, पाठ्यक्रम र तालिमका विषयमा सुझाव दिएको छ ।- NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्