लकडाउनमा इन्टरनेटको चलाउनेको स‍ंख्या बढ्यो, ४१ प्रतिशत मानिसले अश्लील साइट प्रयोग गरे

काठमाडौं बन्दाबन्दीका बेला बालबालिका, युवा तथा अभिभावले पहिलेको दाँजोमा धेरै इन्टरनेट चलाउने गरेको सर्बेक्षणले देखाइएको छ ।
साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे चाइल्ड सेफ नेटले एउटा सर्वेक्षणमा सञ्चालन गरेको थियो । सर्वेक्षणमा जम्मा १२ सय २८ जना सहभागी थिए ।
सर्वेक्षण अनुसार बन्दाबन्दीको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक चार देखि छ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको छ भने १० देखि १२ घण्टा सम्म १५.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ ।
बन्दाबन्दीभन्दा अगाडि २६.९५ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टासम्म र भने १० देखि १२ घण्टा सम्म ४.५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका थिए । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२.७ प्रतिशत मानिसको पहुँच ब्रोडब्याण्ड इण्टरनेटमा छ भने ५५.३ प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन् । नेपालमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल फेसबुक रहेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुबंशीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकको सक्रिय प्रयोगकर्ता एक करोड दश लाख रहेको जानकारी दिए ।सरकारले अश्लील साइटमा प्रतिबन्ध लगाए पनि सर्वेक्षणमा ४१.७ प्रतिशत मानिसले अश्लील साइट प्रयोग गरेको देखिएको छ ।

बन्दाबन्दीमा दैनिक धेरै प्रयोग हुने साइट तथा एपमा युट्युब रहेको छ भने सबैभन्दा कम प्रयोग हुनेमा फ्री फायर गेम रहेको छ । त्यसैगरी धेरै प्रयोग हुने दोस्रोमा फेसबुक, तेस्रोमा नेपाली न्यूज पोर्टल, चौथोमा इन्स्टाग्राम, पाचौँमा अन्तराष्ट्रिय न्यूज पोर्टल, छैटौँमा विकिपिडिया सहित अन्य सिमिलर साइट, सातौँमा स्कुल तथा कलेजका साइट र त्यसपछि टिकटक, ट्विटर, पब्जी, स्न्यापच्याट लगायत अन्य अनलाइन गेम रहेका छन् ।
सर्वेक्षणमा बन्दाबन्दीमा एक घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको छ । यस सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशत मानिसले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेटबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ ।

इन्टरनेट मनोरञ्जनको लागि धेरै प्रयोग भएको सर्वेक्षणमा पाइएको छ । त्यसैगरी क्रमशः न्युज तथा जानकारीको लागि, आफन्त साथिभाईसँग जोडिन, शिक्षा तथा अन्यको लागि इन्टरनेट प्रयोग हुने गरेको पाइएको छ । त्यसैगरी सर्वेक्षणका अनुसार बालबालिकाहरु सबैभन्दा बढी अनलाइन दुर्व्यवहार तथा शोषनको जोखिममा रहेका छन् । सर्वेक्षणबाट पत्ता लागेका तथ्यहरूका अनुसार बालबालिका तथा युवा वर्ग इण्टरनेट दुव्र्यसन, गेमिङ दुव्र्यसन तथा वयस्क सामग्रीहरूसँगको सम्पर्कसम्बन्धी जोखिमप्रति उच्च रुपमा संवेदनशील हुनसक्ने रघुवंशीले बताए । उनले अनलाइन यौन दुव्र्यवहार तथा शोषणको उच्च जोखिममा पनि हुनसक्ने जानकारी दिए ।

नेपालमा सरकारले अश्लील सामग्री राखिने साइटहरूमाथि प्रतिवन्ध लगाएको भए पनि बालबालिका तथा युवा वर्गसहितका ४ प्रतिशतभन्दा बढी उत्तरदाताहरूले त्यस्ता साइट आफुले हेरेको जनाएका छन् । रघुंबशी भन्छन्, यस्ता समस्यालाई पनि सम्बोधन गरिनु आवश्यक छ ।
उनले बन्दाबन्दी अवधि तथा त्यसपछि पनि बालबालिका तथा युवा वर्गलाई अनलाइनमा सुरक्षित राख्नेसम्बन्धी मुद्दालाई सम्बोधन गर्नका लागि गहन ज्ञानभण्डार तयार गर्न विस्तृत एवं विषयगत अनुसन्धान गरिनु आवश्यक रहेको बताए ।- गाेरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्