जिसस प्रमुख तामाङलाई मातृशोक

सुशील सुवेदी

सिन्धुपाल्चोक – जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई मातृशोक परेको छ । उनकी आमा आइतीकुमारीको ८४ वर्षका उमेरमा शुक्रबार बेलुका आफ्नै निवासमा निधन भएको हो ।

केही समयदेखि काठमाडौँमा उपचाररत उनकोकोे स्वास्थ्यमा सुधार नभएपछि आफ्नै निवास बाँसबारी ल्याइएको थियो । उनी लामो समयदेखि फोक्सोको रोगबाट पीडित थिए । उनले बाँसबारी स्वास्थ्यचौकी निर्माणका लागि जग्गा पनि दान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्