निशुल्क कम्प्युटर तालिम: एसईई दिएर बसेकाहरुले आवेदन दिन शुनपा-८ को सूचना

काठमाडाैं – एसईई दिएर बसेकाहरुलाई निशुल्क कम्प्युटर तालिमका लागि आवेदन दिन शुक्लाफाँटा नगरपालका वडा नं.८ को कार्यालयले सूचना जारी गरेको छ ।

वडा सचिव गोकर्ण प्रसाद जोशीले आइतबार सूचना जारी गर्दै कल्की फाउण्डेशन शुक्लाफाँटा नगरपालिका वडा नं. ६ ले एसईई परिक्षा दिई बसेका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क ३ महिने कम्प्युटर तालिम दिन लागेको र सोहि अनुसार वडा नं. ८ बाट पनि विद्यार्थीहरु सहभागि गराउनुपर्ने भएकाले आवेदन माग गरेको बताएको छ ।

सूचना प्रकाशन भएको ५ दिनभित्र वडा कार्यालयमा निवेदन दिएर तालिममा सहभागि हुन सकिने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्