इजरायल माथी हमला गरेकोमा इरानी संसदमा उत्सब, तत्काल थप हमला नगर्ने

तेहरान – हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो । यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण गरे पछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो भने देशैंभरीका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्बजनिक भएका छन् ।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर,  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन् । इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको संगठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ ।

यी सबै घटनाका बीचमा इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ । उनले यो अपरेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन । उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन् ।

इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले भने, ‘अपरेसन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो। इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन। यद्यपि, यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अपरेशन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ।’

इजरायलमा भएको हवाई हमलापछि इरानको संसदमा उत्सव मनाइएको थियो । यससँगै इजरायललाई चेतावनी पनि दिइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसदका सभामुख (मजलिस) ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्