च्याम्पियन्स लिग र युरोपा लिग आउँदो अगस्टमा हुने संभावना

काठमाडौं – च्याम्पियन्स लिग र युरोपा लिग आउँदो अगस्टमा हुने संभावना बढेको छ । तर यसबारेमा अझै थप छलफल गरिने भएको छ ।

युनियन अफ युरोपियन फुटबल एशोसिएसन युइएफएले युइएफएमा आवद्ध ५५ वटा संस्थाहरुलाइ प्रतियोगिता आउदो जुन, जुलाइ र अगष्ट गर्न सकिने संभावना रहेको जनाउ दिंदै फाइनल प्रतियोगिता अगष्टमा हुन सक्ने संकेत गरेको हो ।

युईएफएको आन्तरिक तयारी अनुसार युरोपका धेरै घरेलु प्रतियोगिताहरु जुलाई अन्तिमसम्म सक्ने तयारी छ । त्यसपछि युरोपेली फुटबल प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिएको छ ।

युइएफएका अनुसार अगष्ट ११ देखि २२ सम्म च्याम्पिन्स लिग र युरोपा लिगको क्वार्टरफाईनल र सेमिफाईनलको खेल गर्न सकिनेछ । युईएफएले छलफल जारी राखेपनि प्रतियोगिताको तालिका बनाउन अझै गृहकार्य जारी राखेको छ ।-NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्