उदयपुरको भुल्के मस्जिद क्षेत्र आसपासमा कडा निगरानी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ ।

त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरिएको छ भने आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराएको छ ।

सो क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायकाको समेत थ्रोट स्वाब नमूना परीक्षण गर्ने कार्य द्रूत गतिमा भइरहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको मन्त्रालयले जनाएको छ । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्