पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं – पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

बुधबार राति पूर्वसचिव उपाध्यायलाई प्रहरीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको प्रहरीको आरोप छ ।

अर्याल भन्छन्, ‘हामी उहाँको अन्य कसुरबारे पनि खोजी गरिरहेका छौं ।’ अर्यालका अनुसार उपाध्यायलाई अहिले महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्