बेत बाँस तथा काष्ठ फर्निचर तालिम लिन इच्छुकले सम्पर्क गर्न शुक्लाफाँटा वडा नं. ८ को सूचना

कञ्चनपुर – बेत बाँस तथा काष्ठ फर्निचर तालिम लिन इच्छुकले सम्पर्क गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ पारिफाटाले अनुरोध गरेको छ । आर्थिक वर्ष २०८० /०८१ मा सञ्चालन हुने गरि बेत बाँस तथा काष्ठ फर्निचर तालिम योजना राखिएको थियो । सोहि योजना सञ्चालनका लागि वडावासी नागरिकका लागि बुधबार सूचना प्रकाशन गरिएको वडा सचिव गोकर्ण प्रसाद जोशीले बताउनुभयो ।

चैत्र २१ गते सूचना प्रकाशन गर्दै ७ दिनको अवधिमा इच्छुक नागरिकले सम्पर्क गर्नुपर्नेछ । साथै हस्तलिखित निवेदन, नागरिकताको प्रतिलिपि, अन्य जिल्ला वा स्थानीय तहको नागरिकता भए यसै वडामा गरेको बसाई सराई प्रमाणपत्रको प्रतिलिपि समेत इच्छुक नागरिकलाई लिएर आउन समेत अनुरोध गरेको छ । प्राप्त आवेदनमार्फत छनोट गरि उक्त तालिममा सहभागि गराइने वडा सचिव जोशीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्