बाइडेन र जिनपिङबीच टेलिफोन कुराकानी

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले फोनमा कुराकानी गरेका थिए ।

सो कुराकानीमा द्विपक्षीय सम्बन्ध, लागूऔषधविरुद्धको अभियान र जलवायु परिवर्तनलगायत क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे छलफल भएको अमेरिकी मिडियाहरुले बताएका छन् ।

यसअघि दुई नेताबीच सन् २०२३ नोभेम्बरमा क्यालिफोर्नियाको वुडसाइडमा भएको शिखर सम्मेलनमा भेट भएको थियो । त्यसपछि दुवैबीच पहिलो पटक फोनवार्ता भएको हो । गत जनवरी २७ मा जर्मनीको म्यूनिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटघाट भएको थियो । त्यसैको परिणामस्वरूप दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको बताइएको छ ।

यो कुराकानीले दुई देशबीचको तनाव कम गर्न गहन कूटनीतिको महत्त्वलाई उजागर गरेको विश्लेषण गरिएको छ । वार्ताका क्रममा अमेरिकी राष्ट्रपतिले दक्षिण चीन सागरमा चीनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका थिए । विवादित दक्षिण चीन सागरको लगभग सम्पूर्ण भाग चीनले दाबी गर्दै आएको छ । यद्यपि ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले पनि यसको केही भाग दाबी गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्