‘अल्लाह’ लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रामण

क्ववालालम्पुर, १७ चैत । मलेसियामा ‘अल्लाह’ लेखिएको एक सुपरस्टोरमा आक्रमण भएको छ ।

 

मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो ।

 

सो खबर बाहिरिएसँगै इस्लाम धर्मालम्बीमा आक्रोश पैदा भएको थियो, परिणाम स्वरूप सो स्टोरमा मोलोटोभ ककटेल प्रहार गरिएको हो ।

 

केके सुपर मार्ट चेनका शीर्ष अधिकारीहरूलाई मोजा बेचेको कारण धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाइएको केही दिनपछि शनिबारको आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाको पूर्वमा रहेको कुआन्तान सहरका प्रहरी प्रमुख वान मोहम्मद जाहारी वान बुसुले विस्फोटक पदार्थका कारण सो स्टोरको शाखाको प्रवेशद्वारमा  आगो लागेको तर कुनै मानवीय क्षति भने नभएको बताए।

 

‘आक्रमण अझै पनि अनुसन्धानको क्रममा थियो तर हामी यो कुरालाई अस्वीकार गर्दैनौं कि यो ‘अल्लाह’ लेखिएको मोजा विक्री गरिएको घटनासँग सम्बन्धित हुन सक्छ,’ उनले भने ।

 

सो स्टोरले विक्रीमा राखेका त्यस्ता मोजाहरूका तस्बिरहरू यस महिना सोशल मिडियामा फैलिए पछि मुस्लिम समुदायका बीचमा सार्वजनिक क्रोध उत्पन्न भयो । तिनीहरू स्टोरको सो कार्य अपमानजनक ठानेका छन । किनभने, तिनीहरू रमजानको पवित्र उपवास महिनामा खरिद गर्नका लागि सो स्टोरमा प्रवेश गरेका थिए ।

 

मलेसियाको ३४ मिलियन जनसंख्याको लगभग दुई तिहाई मलया मुस्लिमको रहेको छ, अल्पसंख्यक जातीय चिनियाँ र भारतीय मूलका मानिसहरूले पनि इस्लाम धर्म मानिरहेका छन ।

 

सो स्टोरले मुस्लिम समुदाय र इस्लाम धर्मप्रति बितृष्णा फैलाएको उनीहरूको बुझाइ रहेको छ । हालसम्म कोही पक्राउ परेका छैनन र सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्