होलीको चहलपहल सुरु भएसँगै गायक चक्र बमले ल्याए “कति राम्रो होली” गित

काठमाडाैं – होलीको चहलपहल सुरु भएसँगै गायक चक्र बमले होली विशेष गित कति राम्रो होली फागुनमा बोलको गीत सार्वजनिक गरेका छन् ।

पहाडको संस्कृतिसँगै तराईमा रानाथारूहरूले मनाउने होली सहितलाई साँझा संस्कृतिको रूपमा जोड्दै गीत तयार पारेका छन् । योदुइटा समुदायको फरक भाषा लवज र लोप हुदै गैरहेको होली पर्वलाई ध्यानमा दिएर तयार पारिएको छ । जसमा गायक बमलाई केशब बडूले साथ दिएका छन् ।

मौलिकता, इतिहास तथा देशको परिस्थिति लगायतका शब्दहरु समावेश गरि गायक बमले उक्त गीतमा बजारमा ल्याएसँगै दर्शक श्रोताहरुको रोजाईमा परेको छ । सुख शान्ति होइजाउ देश नेपाल, रोजगारी आइजाउ आगनमा, हे पशुपतिनाथ, हे बैजनाथ, युवा फकाईदेउ आगमनमा कति राम्रो होली फागुनमा लगायतका शब्दहरुले दर्शकहरुको मन जितेको पाइन्छ ।

चक्र बमको आधिकारिक युट्युब च्यानलबाट उक्त गित सार्वजनिक गरिएको छ । गायक बलमे गीतमा स्वर दिएका छन भने उनको स्वरमा लक्ष्मी रानाले समेत साथ दिएको छ । यस्तै पविन्द्र सुना, जेपी रेग्मी, शेर विष्ट, कुलेन्द्र परियार तथा ह्यारी कार्कीले समेत ग्रुप भ्वाइसमा साथ दिएका छन् ।

कञ्चन बमले प्रोडक्सन गरेको गीतमा बसन्त कुँवरले छायांकन गरेका छन भने बलभद्र कुवँरले ड्रोनमा साथ दिएका छन् । फाइन ट्यून काठमाडौँ तथा कुसुम स्टुडियो अत्तरीयामा रेकर्ड गरिएको उक्त गितलाई छोटो समयमा अत्यधिक रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्