मालिकार्जुन सेवा समिति कैलालीमा भयो ७औँ रक्तदान कार्यक्रम सम्पन्न

कैलाली – मालिकार्जु  सेवा समिति कैलालीले ७ औ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कैलालीको धनगढीमा भब्यताका साथ कार्यक्रम सम्पन भएको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्र देव बिष्टले जानकारी दिए। रक्तदान कार्यक्रम बिहान ८ बजे देखि  दिउसो २ बजेसम्म चलेको थियो । उक्त रक्तदान कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका बिद्यार्थी , दार्चुला बिद्यार्थी समाजमा आवद्ध बिद्यार्थी ,  मालिकार्जुन सेवा समितिका पदाधिकारीलगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु सहभागी भएको कार्यक्रम संयोजक जनक सामन्तले जानकारी दिए ।  उक्त कार्यक्रममा ३२ पुरुष र ११ महिला गरि ४३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमका साथसाथै देउडा, तथा भजन कृतन कार्यक्रम पनि भएको र सबै कार्यक्रम सफलता पुर्ण तरिकाले सम्पन्न गरिएको मालिकार्जुन सेवा समिति कार्यबाहक अध्यक्ष कालू सिंह धामीले जानकारी दिए । साथै उनले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पुर्णलाई धन्याबादका साथ आभार व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्