मोलुङ गाउँपालिकाका अध्यक्ष र हाकिमबीच विवाद चुलियो, हाकिमको कार्यकक्षमा ताला

ओखलढुंगा – मोलुङ गाउँपालिकाकाका अध्यक्ष मणीराज राई र प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ बीच विवाद चुलिएको छ ।

मंगलबार दिउँसो १२ बजे गाउँपालिका अध्यक्ष राईले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा ताला लगाइदिएका छन् । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ गत चैत्र २८ गते देखि बैशाख ९ गते अर्थात आज सम्म विना जानकारी कार्यालयमा अनुपस्थित भएपछि ताला लगाएको अध्यक्ष राईले उपहार खबरलाई जानकारी दिए ।

उनेले भने, “कोरोना भाइरसको माहामारीमा धेरै स्वास्थ्य सामाग्री खरिद, राहत वितरण लगायतका थुप्रै प्रशासनिक कामहरुलाई छोडेर राष्ट्रसेवक कर्मचारीले विना जानकारी विदा बस्न मिल्छ ? उहाँ सम्पर्क विहिन हुनुभयो, मोवाइल नै स्वीचअफ गर्नुभयो अनि आज कार्यालयमा आउदा ताला लगाइदिए ।” अब प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई कामकाज गर्न नदिने मनसायमा आफु रहेको समेत अध्यक्ष राईले बताए । पटक पटक गाउँपालिकाको कामहरुमा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले असहयोग गरेको अध्यक्ष राईको आरोप छ । अब प्रमुख प्रशासकीय अधिकृत लाई कानुन अनुसार कारवाहिको दायरामा ल्याउने समते अध्यक्ष राईले बताए ।

यता प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने अघिल्लो कार्यकारीको पालामा बाटो मर्मत गर्ने योजनाको रकम भुक्तानी गर्न बाँकी रहेको र उक्त रकमको भुक्तानीका लागी बाटो नखोलीदिएपछि आफूलाई निकाल्न खोजिएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्